कसरी पच्ला ३० लाख ?

writer

सम्पूर्ण

मङ्गलबार, ३१ बैशाख २०७६


पुष्प खड्काले समेत ३०÷३० लाख रुपैयाँ माग्न थालेपछि धेरै निर्माता फिल्म बनाउन छाडेर पलायन हुने सोचमा छन्। जसको एउटा फिल्म हिट भएको छैन, अनि जसको तेस्रो फिल्म रिलिज भएको छैन, उनले नै त्यति धेरै पैसा माग्न थालेपछि निर्माताको सातो किन नजाओस् ? 

तर, पुष्पले यत्रोविधि पैसा माग्ने हिम्मतको पछाडि ‘दाल भात तरकारी’ थियो, जुन गत शुक्रबार रिलिज भइसकेको छ। तर, दर्शकले यो ‘दाल भात तरकारी’लाई राजमार्गको दाल भात तरकारीभन्दा गएगुज्रेको टिप्पणी गरेका छन्।

हास्य कलाकारको जम्बो टोली र सुमधुर संगीत हुँदाहुँदै पनि वर्षकै ठूलो मानिएको फिल्म टाइटानिकझैँ डुबेको छ। यति हुँदाहुँदै पनि कम्तीमा पुष्पको भूमिकाले तारिफ पाएको भए पनि लौन भन्नु ? फिल्ममा उनको भूमिका एक्स्ट्राभन्दा कम छैन। यस्तै फिल्म र अभिनयले तीन हजार पनि पचाउन गाह्रो हुन्छ, ३० लाख कसरी पच्ला ?

तपाईको कमेन्ट

पपुलर पोस्ट


छुटाउनु भयो कि