विचित्र सत्य

writer

सम्पूर्ण

शुक्रबार, २७ बैशाख २०७६


–सन् १८५३ मा अमेरिकाको चिल्ड्रेन्स एड सोसाइटी नामक संस्थाले टुहुरा बालबालिकाका लागि एउटा कार्यक्रम ल्याएको थियो। ‘अर्फन्स ट्रेन’ भनिने उक्त कार्यक्रमले टुहुरा बालबालिकालाई रेलमा हालेर अमेरिकाका विभिन्न शहरमा घुमाउने गथ्र्याे। उनीहरूलाई धर्मपुत्र र धर्मपुत्री बनाउन पाइन्थ्यो। सन् १९२९ सम्म चलेको यस कार्यक्रमले करिब साढे दुई लाख बालबालिकालाई धर्मपिता र माता दिलाएको थियो। 

–पहिलो विश्वयुद्धताका जर्मनीले जेपेलिन भनिइने वायुपोतबाट बेलायतको राजधानी लन्डनमा बम बर्साएको थियो। जेपेलिनमा हाइड्रोजन ग्यास भरिन्थ्यो। यो विशाल बेलुन थियो। यसलाई बनाउन गाईको आन्द्राभुँडी प्रयोग गरिन्थ्यो। एउटा विशाल जेपेलिन बनाउन साढे दुई लाख गाईको आँत प्रयोग हुन्थ्यो। युद्धका बेला जेपेलिन बनाउन जर्मनी र उसले कब्जा गरेका राष्ट्रमा गाईको आँत प्रयोग गरेर ससेज बनाउन प्रतिबन्ध थियो। 

–चीनको ग्रेट वाल मानवनिर्मित विशाल संरचना हो। २१ हजार किलोमिटरभन्दा लामो पर्खाल सन् १३६८ मा बनाउन सुरु भएको थियो। करिब साढे छ सय वर्ष पुरानो यो पर्खाल अहिले पनि मजबुत छ। मिङ वंशको शासनकालमा बनेको पर्खालमा अहिलेको सिमेन्टले गर्ने काम त्यतिबेला चामलले गरेको थियो। त्यतिबेला मसलाको रूपमा प्रयोग गरिएको चामलले अहिलेसम्म ग्रेट वाललाई बलियो बनाइराखेको छ। 
 

तपाईको कमेन्ट

पपुलर पोस्ट


छुटाउनु भयो कि