सुत्केरी हुने बेलामा पिज्जा

writer

सम्पूर्ण

शुक्रबार, २७ बैशाख २०७६


एक जना चिनियाँ महिलाले सुत्केरी हुनु केही क्षणअघि मात्र पिज्जा मगाइन्। चीनको भिडियो प्लेटफर्म ‘पियर भिडियो’का अनुसार युनान प्रान्तको बाओसान शहरमा रहेको एउटा रेस्टुरेन्टमा पिज्जाको अर्डर आएको थियो। 

ग्राहकले रेस्टुरेन्ट मालिकलाई फोन गरेर भनेकी थिइन्, ‘तुरुन्तै पिज्जा पठाइदिनुहोला। म केही क्षणमै सुत्केरी हुँदै छु। बच्चा जन्माउनुअघि पिज्जा खान चाहन्छु।’ रेस्टुरेन्ट मालिक र ग्राहकको नाम भने खुलाइएको छैन। 

‘गत बिहीबार हाम्रो रेस्टुरेन्टमा गज्जबको फोन आयो,’ रेस्टुरेन्ट मालिकले भने, ‘उनी हाम्रो नियमित ग्राहक हुन्। उनले मलाई ‘डाक्टरले अब केही बेरमै तिमीले बच्चा जन्माउनेछौ भनेका छन्, त्यसैले मलाई तुरुन्त पिज्जा पठाइदिनुस्’ भनिन्। म त छक्क परेँ।’ त्यसपछि रेस्टुरेन्टले १५ मिनेटमै उनीकहाँ पिज्जा पठाइदियो। 

चीनको सामाजिक सञ्जालमा ती आमाको पिज्जा मोहलाई रमाइलो तरिकाले प्रस्तुत गरिएको छ। एक जनाले टिप्पणी गरेका छन्, ‘बच्चाको नाम पिज्जा राख्नुपर्छ। बच्चा ठूलो भएपछि आमाले उसलाई आफ्नो नामबारे बताउँदै भन्न सक्छिन्– ‘तिमी पिज्जा किन्दा मलाई सित्तैमा प्राप्त भएको उपहार हौ।’

तपाईको कमेन्ट

पपुलर पोस्ट


छुटाउनु भयो कि