सेवा गर्न ठूलो मन चाहिन्छ

writer

सम्पूर्ण

मङ्गलबार, १० बैशाख २०७६


श्वेता खड्का, अभिनेत्री

कलाकारलाई समाजको गहना भनिन्छ। समाजले कलाकारलाई गहना मानेपछि समाजप्रति कलाकारका पनि केही दायित्व हुुन्छन्। हामी कलाकारले समाजमा पर्दाअगाडि र पर्दापछाडि रहेर दोहोरो भूमिका निर्वाह गर्नुपर्छ।

पर्दाअगाडि भन्नाले फिल्ममा आफ्नो भूमिका निर्वाह गरेर। पर्दापछाडि चाहिँ समाजमा रहेको विभिन्न समुदाय र क्षेत्रलाई प्रत्यक्ष रूपमा सहयोग गरेर।

आफूले जिम्मेवारी पाएको चरित्रको गहिराइमा डुब्नुुपर्छ। त्यसमा भिजेर काम गर्नुपर्छ। यो कलाकारको समाजप्रति पहिलो कर्तव्य हो। आफूले निर्वाह गरेको भूमिकामा इमानदार भएर लाग्ने कलाकार सामाजिक उत्तरदायित्वबाट कहिल्यै टाढा भाग्न सक्दैन। 

कलाकार भएकै कारण हामीलाई देशदेखि विदेशसम्म धेरैले चिन्छन्, माया गर्छन्। हामीले चालेको हरेक कदम समाजका लागि महŒवपूूर्ण हुन्छ। हामीले गरेका काम छिट्टै प्रचारमा आउँछन्। राम्रो काम गर्दा प्रशंसा पाइन्छ। नराम्रो काम गर्दा त्यसको आलोचना खेप्नुपर्छ। समाजमा धेरै मान्छेले सामाजिक काम गरिरहेका हुन्छन्। तर, अरूले गरेका कामकुरा हत्तपत्त बाहिर आउँदैन।

राम्रो कुरा पनि कलाकारकै आउँछ, नराम्रो कुरा पनि कलाकारकै आउँछ। हामीले गरेको कामलाई साराले पछ्याइरहेका हुुन्छन्। त्यसैले हामीले राम्रो काम गरे समाजमा राम्रो छाप पर्छ। 

समाजमा हामीले गरेका काम देखावटी मात्रै हुुनुु हुँदैन। लक्षित समुदाय त्यो कामबाट लाभान्वित हुनुपर्छ। धेरै मान्छेले मिडियामा आउनकै लागि सामाजिक काम गरिरहेका हुन्छन्। तर, सामाजिक काम मुुखले हैन, मनले गर्नुपर्छ।

धेरैले पैसा भए समाजको लागि काम गर्न सकिन्छ भन्छन्। वास्तवमा त्यो एकदमै गलत हो। सामाजिक कार्य गर्नका लागि पैसाभन्दा पनि ठूलो त मन हुनुपर्छ। ‘आफू मात्र नबनौँ, अरूलाई पनि बनाऔँ’ भन्ने भावना हुुनुपर्छ। 

समाज परिवर्र्तनका लागि सरकारमै जानुपर्छ भन्ने छैन। आफूले बसेको र आफूूले सकेको ठाउँबाट पनि काम गर्न सकिन्छ। समाजमा केही गर्छु भनेर कदम चाल्दा निकै चुनौती आउँछन्। त्यसमा कसैले कहिल्यै पनि हार खानु हुँदैन। त्यही क्षेत्रमा आँट गर्नुपर्छ, रमाउन सिक्नुपर्छ। 

मनोरञ्जन क्षेत्रमा आउनअघिदेखि म समाजप्रति उत्तरदायी थिएँ। बच्चादेखि नै अरूलाई सहयोग गर्ने स्वभावकी थिएँ। कसैको दुःख देख्न सक्दैनथेँ। सामाजिक काममा मलाई आत्मसन्तुष्टि मिल्छ। यसैमा आनन्द लाग्छ। काम गर्ने थप ऊर्जा मिल्छ। 

सिन्धुुपाल्चोकमा माझी बस्ती बनाउने योजना मैले गरेको सानो प्रयास मात्र हो। यो एउटा अभियान हो। त्यहाँबाट अरूले पनि केही सिक्नुपर्छ जस्तो लाग्छ। माझी बस्ती निर्माणका लागि भनेर नै ‘श्वेताश्री फाउन्डेसन’ जन्मियो। मेरो सानो सहयोगले समाज खुशी हुन्छ भने किन नगर्ने ? यही सोचले अगाडि बढेँ। 

राम्रो काम गर्ने हिम्मत गर्दा सहयोगी हातहरू आफँै बढ्छन्। त्यसका लागि चाहिँ ‘केही गर्छु’ भन्ने भावना हुुनुपर्छ, साथ दिने प्रशस्तै भेटिन्छन्। मनमा कुनै किसिमको स्वार्थ राख्नुु हुँदैन। समाजमा केही गर्न खोज्नेलाई सबैले सहयोग गर्नुपर्छ। 

आफूूले गरेको सहयोगले अरूको जीवन सप्रिन्छ भने त्यसमा पछाडि हट्नु हुँदैन। वास्तवमा सामाजिक काम भनेको ‘गर्छु’ भनेर मात्र हुुँदैन। जहाँ–जहाँ जस्तो परिस्थिति आइपर्छ, त्यहीअनुसार समाजमा भिज्नुुपर्छ। सामाजिक काम जबर्जस्तीले हुने कुरा हैन। पैसाले मात्रै पनि समाजका लागि काम गर्न सकिँदैन। समाजको आवश्यकता बुुझेर काम गर्न सक्ने क्षमता पनि हुनुपर्छ।
  
 

तपाईको कमेन्ट

मुख्य समाचार