सारेगममा रमाइरहेका डीआईजी

writer

रामकुमार डिसी

मङ्गलबार, १० बैशाख २०७६


प्रहरीको मूल कर्म हो–बन्दुक बोकेर देश र जनताको सुरक्षा गर्ने। आइपरे लड्ने र भिड्ने।

तर, नेपाल प्रहरीका डीआर्ईजी ठूले राईको त्योबाहेक अर्काे कर्म पनि छ। विगत अढाई दशकदेखि उनीसंगीत कर्ममा पनि अविराम जुटेका छन्। उनको हातमा बन्दुक मात्र होइन, गिटार पनि हुन्छ। उनी मीठो गीत गाउँछन्, अनि संगीत पनि भर्छन्। लोक, आधुनिकदेखि फिल्मसम्म फैलिएको छ उनको गायकी। 

रेडियोले जन्माएको गायक

२०२२ सालमाखोटाङको किसान परिवारमा जन्मिए उनी। २०२८ सालतिर उदयपुरको बेलटारमा बसाइ सरेपछि उनी उतै हुर्किए र एसएलसीसम्मको पढाइ पूरा गरे। त्यसपछिको पढाइका लागि उनी ०३८ सालमाकाठमाडौँ आए। रत्नराज्यलक्ष्मी क्याम्पसबाट आईए, पाटन क्याम्पसबाट बीए र त्रिभुवन विश्वविद्यालयबाट एमए गरे। 

सानैदेखि संगीतप्रतिसोख र झुकाव भएका उनी रेडियो नेपालले जन्माएका गायक हुन्। एक समय गीत–संगीतमा सरकारी सञ्चारमाध्यम रेडियो नेपालको एकछत्र राज थियो। गायक बन्नुपरे रेडियो नेपालबाट स्वर परीक्षा पास नगरी हुँदैनथ्यो। गीत रेकर्ड गर्न रेडियो नेपाल जानुको विकल्प थिएन। 

ठूले राई पनि २०४२ सालमा रेडियो नेपालमा स्वर परीक्षा दिन गए। ‘त्यो बेला गीत–संगीतका लागि एक मात्र संस्था रेडियो नेपाल थियो,’ उनले सुनाए, ‘मेलै रेडियो नेपालमा स्वर परीक्षा दिएँ। संयोगवश रेडियो नेपालको ३५ औँवार्षिक उत्सवको केही महिनाअघि हाम्रो स्वर परीक्षण भएको थियो।

रेडियो नेपालले आयोजना गर्ने खुला गायन प्रतियोगितामा भाग पनि लिएँ।’प्रतियोगितामा उनीसँगै स्वर परीक्षाको फाइनलमा पुगेका करिब ६५ जनाले भाग लिए। प्रतियोगितमा उनी देशभरबाट दोस्रो भए। ‘म नेपालभरबाट दोस्रो भएँ,’ उनले सम्झिए, ‘‘कहिलेकाहीँ तिम्रो याद आउँछ मलाई’ भन्ने गीत मेलै त्यहाँ गाएको थिएँ। नरेन्द्र प्रसाईंले लेख्नुभएको गीतमा बुलु मुकारुङले संगीत भर्नुभएको थियो।’

स्वर परीक्षा पास गर्नेहरूलाई रेडियो नेपाललले बिस्तारै ‘ग’, ‘ख’, ‘क’ भनेर श्रेणी विभाजन गथ्र्यो। तर, प्रतियोगितामा दोस्रो भएका कारण उनलाई एकै पटक ‘क’ श्रेणीमा राखियो। यसले गर्दा उनलाई रेडियो नेपालतिरको ढोकापनि सहजै खुल्यो र गीतकार, संगीतकारहरूका आँखामा पनि उनी परे। ‘त्यसपछि गीत रेकर्डिङको सिलसिला चल्यो,’ उनले सम्झिए, ‘अलिअलि नाम पनि चल्न थाल्यो।’

गीत रेकर्डिङका लागि रेडियो नेपालबाहेक अर्को विकल्प नभएकाले कुर्नुको विकल्प थिएन। ‘रेडियो नेपालले रेकर्डिङका लागि डेट दिन्थ्यो,’ उनलेभने, ‘हरेक पटक गीत रेर्कडिङ गर्दा स्वर, संगीत र शब्दमा सेन्सर गथ्र्यो। म ‘क’श्रेणीमा परेकाले मेरो स्वर भने सेन्सर भएन।’ 

‘आँखाभरि आँशु बोकी बाँच्नुपर्ने’उनले रेडियो नेपालमा रेकर्डिङ गरेको पहिलो गीत हो। नरेन्द्रराज कोइरालाले लेखेको गीतमा बुलु मुकारुङले संगीत भरेका थिए। ‘पहिलो गीत रेकर्डिङ हुँदा ममा निकै उत्साह थियो,’उनले सुनाए,‘म देशभरको एकमात्र रेकर्डिङ स्टुडियोमा गएर गाउँदै थिएँ।

मलाई सन्तुष्टिको माथिल्लो बिन्दुमा पुगे जस्तो लागेको थियो।’सुरुमा केही  नर्भस पनि भएको उनले बताए। ‘पहिलो पटक लाइभ गीत रेकर्डिङ गरिँदै थियो,’ उनले स्मरण गरे, ‘ऊ बेला अहिले जस्तो पटक–पटक गाउन मिल्दैनथ्यो। एउटाले सानो गल्ती गर्दा पनि सुरु देखि दोहो¥याएर गाउनुपथ्र्यो।’

पहिलो गीत रेकर्ड भएपछि अग्रजबाट हौसला पाएको उनले बताए। ‘पहिलो गीत रेकर्ड भए पछि अग्रज दाइहरूले पृथक् स्वर रहेछ,राम्रो गर्नू भन्नुभएको थियो,’ उनले भने, ‘उहाँहरूले हौसला दिनुहुन्थ्यो। समकालीन साथीहरूबाट पनि प्रेरणा पाइन्थ्यो।’ 

पहिलो गीत बाहिर आएपछि राम्रै प्रतिक्रिया पाएको र गीतकारहरूले पत्याउन थालेको उनले सुनाए। ‘त्यसपछि गीतकारहरूले पत्याउन थाल्नुभयो,’ उनले सुनाए, ‘दुई÷तीन वर्षसम्म मैले धेरै गीत रेकर्ड गराएँ।’

गीत–संगीतमा प्रतिस्पर्धाकै कारण आफ्नो पहिचान बने पनि यसमा रेडियो नेपालको पनि देनभएको उनी बताउँछन्। ‘धेरैजसो गीत मैले रेडियो नेपालमै गाएको हुँ,’ उनले भने, ‘मलाई गायक बनाउन रेडियोको पनि योगदान छ।’उनले रेडियो नेपालमा ३०÷४० वटा गीत गाए। 

रेडियोमै लोकप्रिय

आधुनिक गीतबाट गायन सुरु गरेका राईले आधुनिक, बाल, राष्ट्रिय र लोकगीत गाएका छन्। ‘मैले गायनको सुरुवात आधुनिक गीतबाट गरेको हुँर मेरो रुचि पनि आधुनिक गीत–संगीतमै हो,’ उनले भने, ‘तर, पछि केही लोकगीत पनि गाएँ।’ रेडियो नेपालको मञ्च प्रयोग गरेर उदाएका उनका धेरै गीत रेडियो नेपालबाटै लोकप्रिय भएका छन्। ‘ऊ बेला रेडियो नेपालमा गीत ‘डेडिकेट’ गर्ने कार्यक्रम हुन्थे,’ उनले सुनाए, ‘लोकप्रिय गीतहरूछनोट हुने त्यस्ता कार्यक्रम मेरा धेरै गीत बज्थे।’

‘मै नेपाल जाने बेलैमा बुट्टे चोली ल्याइदिँउला पातली तिमीलाई’ भन्ने गीत आफ्नो ऊ बेलाको चर्चित गीतमध्ये एक भएको उनले बताए। ‘त्यो गीत म र भैरव खकुरेलले गाएका थियौैँ,’ उनले भने, ‘त्यतिखेरको समयमा त्यो गीत धेरै चलेको हो। विशेष गरी फौज, ब्यारेक, सेनामा निकै गाइने, बजाइने गरिन्थ्यो।’

त्यस्तै,उनी आफ्ना लोकप्रिय गीतहरूको सूचीमा ‘जिन्दगीभरि हाम्रो मिलन घाउ भई दुख्ने भो’, ‘मनभित्र मुटुभित्र धेरै दुख्छ’, ‘कयौँ घुम्ती पार गरेँ’ र ‘जति बाटो काटे पनि’लाई राख्छन्। 

अम्बर गुरुङका चेला
वरिष्ठ संगीतकार अम्बर गुरुङका चेला पनि हुन्, ठूले राई। ‘अम्बर गुरुङ, नातिकाजी, बच्चु कैलाश, फत्तेमान, प्रेमध्वज प्रधान, तारादेवी, अरुणा लामाहरूको गीत सुनेर हुर्किएको मान्छे हुँ,’ उनले भने, ‘ममा उहाँहरूको एक खालको छाप थियो।’ गुरुङसँग उनको भेट भने नेपाल प्रज्ञा–प्रतिष्ठानले प्रदान गर्ने एक छात्रवृत्तिका कारण भयो।  

‘प्रतिष्ठानले संगीत, वाद्यवादन, नाट्य र नृत्य विधामा पाँच÷पाँच जना विद्यार्थीलाई छात्रवृत्तिदिइन्थ्यो,’ उनले गुरुङसँगको पहिलो भेट सम्झिए, ‘संयोगवश म पनि त्यसमा छानिएँ। अम्बर गुरुङ संगीत विधाको निर्देशक हुनुहुन्थ्यो। त्यहीबेलादेखि उहाँसँग चिनजान भयो।’ प्रतिष्ठानले प्रदान गरेको एक वर्षको छात्रवृत्तिसकिएपछि पनि उनीसँग उठबसभएको राईले बताए। ‘पछि गएर पारिवारिक सम्बन्ध जस्तो पनि भयो उहासँग,’ उनले भने, ‘उहाँ मलाई विशेष माया गर्नुहुन्थ्यो।’उनले गुरुङले नै संगीत गरेका दुइटा गीत गाएका पनि छन्। उनले गाएको पहिले गीत हो, ‘जति बाटो काटे पनि’। 

उनले गुरुङसँग गाएको अर्को गीत हो, नेपाल प्रहरीका पूर्व डीआईजी नवराज सिलवालले लेखेको गीत ‘मलाई जिउन सिकाउने तारहरूलाई’।सिलवालले यो गीत अम्बर गुरुङकोव्यक्तित्वबारे लेखेका छन्। गुरुङले यो गीत गाउने जिम्माराईलाई नै दिए। ‘उहाँले तिमीले नै यो गीत गाउनुपर्छ भन्नुभयो,’ उनले कारण खुलाए, ‘मलाई ‘अब्र्जभ’ गरिराख्नुभएको थियो। उहाँलाई मैले नै राम्ररी गाउन सक्छु भन्ने लाग्यो होला।’

पछिल्लो समय गुरुङसँग एउटा सिंगो एल्बम नै गर्ने योजना बनाएको भए पनि त्यो पूरा हुन नपाएको राईले बताए। ‘एल्बम गर्ने भनेर मलाई सिकाउन पनि थाल्नुभएको थियो,’ उनले भने, ‘उहाँको स्वास्थ्य बिग्रँदै गएपछि त्यो पूरा गर्न सकिएन।’

संयोगले प्रहरी 
२०४६ सालमा इन्स्पेक्टरबाट प्रहरी सेवामा प्रवेश गरेका उनी संयोगवश मात्रै यो पेशामा आएको बताउँछन्। प्रहरी सेवामा लागेको २८ वर्षपछि उनी डीआईजी बनेका छन्। उनी अहिले लागुऔषध नियन्त्रण ब्युरोका प्रमुखसमेत हुन्। ‘प्रहरी सेवामा लाग्नु एउटा संयोग मात्रै हो,’ उनको भनाइ छ, ‘पढाइ पूरा गरेपछि एउटा कुनै सरकारी नोकरी खाने सोचाइ थियो। त्यसैअनुसार लोकसेवाको तयारी पनि गरिरहेको थिएँ। लोकसेवाभन्दा पहिले प्रहरीमा खुल्यो। प्रहरीमा नाम पनि निस्कियो।’

रुचि गीत–संगीतमा भए पनि आफू प्रहरी संगठनमा पनि रमाइरहेको बताउँछन्, उनी। गीत–संगीतमा रुचि भएको मान्छे बढी संवेदनशील हुने भएकाले त्यस्ता मानिस प्रहरी संगठनमा बढी आवश्यक हुने उनको तर्क छ। ‘प्रहरी भनको संवेदनशील मान्छेहुनुपर्ने ठाँउ पनि हो,’ उनले भने, ‘मेसिन जस्तो भइयो भने त राम्रो हुँदैन।

अर्को पेशामा भएकै कारण गीत–संगीतमा खासै असर नपुगेको उनको अनुभव छ। ‘यी दुइटा बीचको ‘डिमार्केसन’ आफूले प्रस्टसँग छुट्याउनुपर्छ,’ उनले भने, ‘गीत–संगीत मेरो सोख हो। मैले यो सोख पूरा गर्न जे पनि गर्छु। तर, यतापट्टि म व्यावसायिक प्रहरी हुँ।’

उनी आफू संगीतमै पूर्णकालीन भएको भए अझ राम्रो गर्ने सम्भावना भएको ठान्छन्। ‘संगीतमै पूर्णकालीन भएर लागेको भए राम्रो गर्ने सम्भावना चाहिँ थियो,’ उनले भने, ‘तर, सबै प्रतिभावान् मान्छेहरू चर्चित भएका छैनन्। म पनि नहुन सक्थँे।’

उनी प्रहरीले गीत–संगीतलाई अरू मान्छेसरह नै हेर्ने बताउँछन्। ‘प्रहरी पनि यही समाजभित्रबाटै आएको हो,’ उनले भने, ‘संगीत क्षेत्रमा लागेको मान्ेछलाई विशेष ग्राह्यता दिऊँ भन्ने पनि हुँदैन।’आफूलाई प्रहरीभित्र गायकका रूपमा ‘इन्ट्राड्युस’ नगरेको उनी बताउँछन््। ‘संगठनभित्र मैले आफ्नो गायन कलालाई प्रयोग गरेको छैन,’ उनले भने, ‘प्रहरी संगठनभित्रसांगीतक समूह नै छ। तर, म त्यसमा छैन।’

तर, उनले प्रहरी ब्यान्डका लागि चाहिने एक÷दुइटा शीर्ष गीत गाएको बताए। महानगरीय प्रहरीको शीर्ष गीत ‘अपराधविरुद्धको एकता, महानगरीय प्रहरीको प्रतिबद्धता’ भन्ने गीतमा आफ्नो मूल स्वर रहेको उनले बताए। त्यस्तै ट्राफिक एफएम र ट्राफिक जागरणसम्बन्धी केही गीत पनि उनले गाएका छन्। 
 

एल्बम निकाल्ने धोको
प्रहरी संगठनबाट उनी दुई वर्षपछि रिटायर्ड हुँदैछन्। त्यसपछिको बाँकी जीवनलाई पनि गीत–संगीतमै सक्रिय बनाउने उनको चाहना छ। ‘रिटायर्ड भएपछिसोखका कारणर फुर्सदको समयलाई रचनात्मक बनाउन पनि संगीतमै लाग्छु,’ उनको योजना छ। 

अहिलेसम्म अरूका लागि गाएको र संगीत भरेको भन्दै उनी अब आफ्नै ‘सोलो’ एल्बम निकाल्ने सोच रहेको बताउँछन्। ‘एल्बमनिकाल्नुपर्ने रहेछ भन्ने लागेको छ,’ उनले भने, ‘अब चाहिँ तयारी गरेर आफ्नै एल्बम निकाल्ने सोचमा छु।’पछिल्लो समय फाट्टफुट्ट गीत रेकर्ड गराइरहेका उनी आफूलाई ‘सुट’ हुने गीत मात्रै गाउन चाहन्छन्। 

  

तपाईको कमेन्ट

मुख्य समाचार