२०७५ सालमा घटेका मुख्य घटनाहरु

writer

सम्पूर्ण

बिहिबार, २८ चैत २०७५


वैशाख 

वैशाख ४
विदेशी जेलमा रहेका नेपालीको प्रतिरक्षा गर्ने सरकारको निर्णय।

वैशाख ९
चितवनका ट्राफिक प्रहरी नायब निरीक्षक रामचन्द्र खनियाँद्वारा एक महिलामाथि एसिड प्रहार। 

वैशाख १२
सबै प्रकारका राजस्व अनलाइनबाटै तिर्न मिल्ने सेवा सुरु। 

वैशाख १९ 
३३ किलो सुन काण्डमा ७३ जनाविरुद्ध मुद्दा दायर । 

वैशाख २८
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपालको भ्रमणमा। 


जेठ 

जेठ २
सुर्खेतबाट सिमीकोटका लागि उडेको कार्गो विमान दुर्घटना। चालकदलका दुई जनाको मृत्यु। 

जेठ ३
नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकता भएर नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थापना। केपी शर्मा ओली र पुष्पकमल दाहाल पार्टी अध्यक्ष। 


जेठ ७
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल २१ घण्टा सञ्चालन हुन सुरु। 


असार 

असार ७ 
नेपाल र केरुङ नाका हुँदै काठमाडौँसम्मको रेलमार्गसम्बन्धी समझदारी पत्रमा प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ समकक्षी ली खछ्याङबीच हस्ताक्षर। 

असार १४ 
धादिङ, उत्तरी भेगका खनियाबास र नेत्रावती गाउँपालिकामा पहिरोमा परी पाँच जनाको मृत्यु। 

 


साउन  

साउन १
फिल्म क्षेत्रमा बक्स अफिस प्रणाली लागू। 

साउन ८
‘बंगलादेशमा चिकित्सा शिक्षा अध्ययन गर्न जाने छात्राले शरीर सुम्पिनुपर्छ’ भन्ने अभिव्यक्ति दिएको कारण विवादमा आएका कानुन, न्याय तथा संसदीय व्यवस्था मन्त्री शेरबहादुर तामाङद्वारा राजीनामा। 
    
साउन ११ 
कञ्चनपुर, भीमदत्त नगरपालिकाकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या। 

साउन १७ 
एकदिवसीय क्रिकेटमा नेपालको पहिलो जीत। नेदरल्यान्ड्स नेपालद्वारा एक रनले पराजित। 

साउन २०
काठमाडौँ, पेप्सीकोलामा अपहरणपछि ११ वर्षीय बालक निशान खड्काको हत्या। 

 


भदौ 

भदौ १
मुलुकी अपराध संहिता र मुलुकी देवानी संहिता लागू। 

भदौ ८
निर्मला हत्याकाण्डमा न्याय माग्दै कञ्चनपुरमा भएको प्रदर्शनमा प्रहरीको गोली लागी घाइते भएका सन्नी खुनाको मृत्यु। 

भदौ १४
बिमस्टेक सम्मेलन सुरु। 

भदौ २३ 
नुवाकोटको मैलुङपाखामा भएको अल्टिच्युड एयरको हेलिकप्टर दुर्घटनामा पाइलटसहित छ जनाको मृत्यु। 


असोज 

असोज ६
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयद्वारा अश्लील तथा पोर्न साइटमाथि प्रतिबन्ध। 

असोज २७ 
नेपाली कांग्रेसका वरिष्ठ नेता चक्र बास्तोलाको निधन। 


कात्तिक 

कात्तिक ८
–निर्मला पन्त हत्या प्रकरणको छानबिनमा लापरबाही गर्ने एसपी डिल्लीराज विष्ट र इन्स्पेक्टर जगदीशप्रसाद भट्टराई बर्खास्त। 
–एसियाली फुटबल महासंघको अनुशासन समितिद्वारा एन्फालाई पाँच हजार डलर जरिवाना। 

कात्तिक १६ 
मन्त्रिपरिषद्को बैठकमा अशिष्ट र अभद्र व्यवहार गरेको आरोपमा प्रदेश ३ का भौतिक पूर्वाधार मन्त्री केशव स्थापित बर्खास्त। 

कात्तिक १८ 
नेता तथा नागरिक अगुवा पद्मरत्न तुलाधरको निधन। 


मंसिर

मंसिर ३
पाँचथर जिल्लाबाट पहिलो पटक राष्ट्रिय परिचय–पत्र वितरण सुरु। 

मंसिर ६ 
डडेल्धुराको रडुवा खोलामा भएको बस दुर्घटनामा १६ जनाको मृत्यु। 

मंसिर १०
करिब २४ अर्बको वाइडबडी खरिद प्रक्रियामा ६ अर्ब ५९ करोड रुपैयाँ घोटाला भएको संसद्को लेखा समितिको निष्कर्ष। 

मंसिर ११
योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम लागू। 


पुस

पुस ३ 
९३ वर्षको उमेरमा पूर्वप्रधानमन्त्री डा. तुलसी गिरीको निधन। 

पुस ६ 
दाङ, तुलसीपुर, राम्रीमा भएको बस दुर्घटनामा २२ जनाको मृत्यु। 

पुस १०
कालीकोट, पलातामा आगलागीबाट ८७ घर नष्ट र २ सय ८५ जना विस्थापित। 

पुस २० 
टीकापुर घटनाका अभियुक्त रेशम चौधरीद्वारा प्रतिनिधिसभाको सांसद्को शपथ ग्रहण। 

पुस २४
वाइडबडी खरिद अनियमितता प्रकरणमा सार्वजनिक लेखा समितिद्वारा तत्कालीन नागरिक उड्डयन, पर्यटन तथा संस्कृति मन्त्री रविन्द्र अधिकारीसहित केही पूर्वमन्त्रीलाई कानुनसम्मत कारबाहीका लागि सिफारिस। 


माघ

माघ ११ 
संघीय संसद्द्वारा चिकित्सा शिक्षा विधेयक पारित।
 
माघ १३
एकदिवसीय क्रिकेटमा सबैभन्दा कम उमेर (१६ वर्ष १ सय ४६ दिन) मा अर्धशतक बनाउने खेलाडीको रूपमा रोहित पौडेलको कीर्तिमान। 

माघ १४
एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट शृंखलामा नेपालले यूएईलाई हराउँदै पहिलो चोटि शृंखला हात पा¥यो। 


फागुन

फागुन ४
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त राजनारायण पाठकद्वारा राजीनामा। 

फागुन ९
भूमिका नपाएको भन्दै प्रतिनिधिसभाका समानुपातिक सांसद्ले स्थानीय पूर्वाधार विकास कार्यक्रमको नियमावली संसद्मै च्यातेका थिए। 

फागुन १६
ताप्लेजुङमा भएको हेलिकप्टर दुर्घटनामा पर्यटन मन्त्री रवीन्द्र अधिकारीसहित सात जनाको मृत्यु। 

फागुन १८
पूर्वउपप्रधानमन्त्री  भरतमोहन अधिकारीको ८३ वर्षको उमेरमा निधन। 

फागुन २५
सरकार र सीके राउतबीच ११ बुँदे सहमति। 

फागुन २९
सरकारद्वारा विप्लव नेतृत्वको नेकपामाथि प्रतिबन्ध। 


चैत

चैत ११
नेपाल र जापानबीच श्रम सम्झौता। 

चैत १४
छ वर्षअघि जनकपुरमा बम विष्फोट गराएको आरोपमा पूर्वराज्यमन्त्री सञ्जय शाहसहित सात जनालाई जिल्ला अदालत धनुषाद्वारा जन्मकैदको फैसला।

चैत १७
विनाशकारी हावाहुरीका कारण बारा र पर्सामा गरी २७ को मृत्यु, छ सयभन्दा बढी घाइते। 
                                                             


 

तपाईको कमेन्ट

मुख्य समाचार


छुटाउनु भयो कि