जुगल भुर्तेलको वालमा छन् यस्ता स्ट्याटस

writer

सम्पूर्ण

बिहिबार, २१ चैत २०७५


अर्काका भाञ्जाभाञ्जीलाई यति धेरै हेला गर्ने दाजुभाइका आफ्नै दिदीबहिनी चाहिँ ट्वीटरमा नहुन् भन्ने कामना छ । नत्र तिनलाई कस्तो महसुस हुन्छ होला ? 

०००

कांग्रेस पार्टीले कार्यकर्तालाई ‘भावनामा बगेर जथाभावी नबोल्न र सामाजिक सञ्जालमा नलेख्न’ उर्दी जारी गरेछ । गिरोहजस्ता गुटको कब्जामा रहेको पार्टीमा ‘जथाभावी’को परिभाषा गुटाधीशको तजबिजमा हुने होला । कतिलाई कारबाही गर्ने ? 
०००

यहाँ कोही पनि स्वतन्त्रता, न्याय, समानता र विविधताको विपक्षमा देखिँदैनन् । तर, समस्या के मात्र छ भने हरेकलाई स्वतन्त्रता, न्याय, समानता र विविधता आफ्नो परिभाषाको सीमाभित्र मात्र स्वीकार्य छन् । 
०००

शशांकले कांग्रेस पार्टी गणतन्त्र, संघीयता र धर्मनिरपेक्षताको विषयमा जनमतसंग्रहमा जान तयार रहेको बताए रे । मुलुकले एउटा लय समात्न मात्र के आँटेको थियो, अर्काे नयाँ द्वन्द्वको बीउ रोप्न सुरु भइहाल्यो । शशांकजी, हाम्रो पुस्ताका रहेसहेका सबै सपना द्वन्द्वमै खरानी बनाउने कसमै खाएको हो ? 
०००

मोहभंग भएका वाम बौद्धिकहरूले निराश हुनुपर्दैन । क्षितिजमा विप्लव देखिइसकेका छन् । 
०००

नागरिकताको बहसमा माक्र्सका अनुयायी सबैभन्दा उन्मादी राष्ट्रवादी देखिनु संयोग होइन । समानता, अन्तर्राष्ट्रियतावादजस्ता उदार अवधारणा बौद्धिकहरूलाई खुशी पार्दै तिनको उपयोग गर्नका लागि हो । ‘सत्ताबाहेक अरू सब भ्रम’ भएकाले त्यसका लागि जे बिक्छ, त्यही बेच्ने हो । अहिले राष्ट्रवाद बिक्छ । 
०००

राजनीतिमा हिंसा स्वीकार्य हुन्न भन्ने तŒवज्ञान छाँटिरहेको कम्युनिस्ट जति सुन्दर त यो संसारमा को होला र, प्रभो ! 
०००

यो सब किन यस्तो भइरहेको वा यस्तै नै हुने पो हो कि बुझ्नुपरो भनेर फेरि एकचोटि प्रायः सबै दलका घोषित गुरु माक्र्सका रचनामा लागेको धुलो टक्टक्याउने निर्णय गरियो । बिचरा, दाह्रीवाल हरेक पेजमा रुँदै गाउँदै छन्– ‘हजार सपनाहरूको माया लागेर आउँछ ।’ 
०००

समाजवादी आवरणभित्र अर्कै ‘वाद’ छ, ‘राष्ट्रवादी’ मुखुण्डोभित्र अर्कै अनुहार छ । माल नक्कली भएर के भो, दुवैको व्यापार अपरम्पार छ । 
०००

समाज परिवर्तनका हरेक एजेन्डामा माक्र्सलाई पूरै उपेक्षा गरेर पनि ‘माक्र्सवादी’ कहलिइरहन चाहनेले वास्तवमा ऐतिहासिक भूमिका निर्वाह गरिरहेका छन् । तिनले एउटा ठूलो भ्रमको अन्त्यलाई झन्झन् नजिक ल्याइरहेका छन् । 
०००

भारतीय पत्रकार रवीश कुमारले दर्शकलाई आगामी संसदीय निर्वाचनसम्म टीभीमा समाचार नहेर्न आग्रह गरेछन् । तमाम कमजोरी हुँदाहुँदै भारतीय न्युज च्यानलले यद्यपि एउटा गुन लगाएका छन्ः लोकतन्त्रको स्थापित ठानिएको मोडल कति कमजोर धरातलमा उभिएको रहेछ । अब भारतमै नयाँ विकल्पबारे विमर्श होला कि ? 
 

तपाईको कमेन्ट

मुख्य समाचार


छुटाउनु भयो कि