सुन्दर र सुकोमल ओठका लागि यसो गरौँ

writer

रञ्जना सितिखु, ब्युटी एक्सपर्ट

सोमबार, १८ चैत २०७५


सुुन्दर ओठले नारीको सौन्दर्यमा थप निखार ल्याउँछ। ओठ निकै संवेदनशील हुने भएकाले यसलाई प्राकृतिक रूपमा जोगाइराख्न कठिन छ। विभिन्न किसिमका लिपस्टिक लगाउने तथा खानपानमा ध्यान दिन नसक्दा ओठको सुन्दरता बिग्रिरहेको हुन्छ। सुन्दर ओठका लागि केही उपायः  
–ओठलाई गुलाबी, मुलायम, चिल्लो बनाउन र ओठको कालोपन हटाउन ताजा गुलाबका पातलाई पिसेर ग्लिसरिन या घीउमा मिलाउनुहोस्। राति सुत्ने समयमा ओठमा लगाउनुहोस्। 

–ओठमा कागतीको रस र नरिवलको तेल मिलाएर लगाउनाले ओठको कालोपन हट्छ। 

–बदाम घोटेर राति सुत्ने बेला ओठमा लगाउनाले ओठ चम्किलो भइरहन्छ। 

–निमको बोक्राको लेप लगाएर सुुत्नुहोस्। ओठ कोमल र सुन्दर बन्नेछन्। 

–नुहाउनुअघि हत्केलामा चौथाइ चम्चा बदामको तेल लिएर औँलाले हत्केलामा रगड्नुहोस र त्यसपछि ओठहरूमा यो तेलले मालिस गर्नुहोस्। ओठका लागि यो निकै लाभप्रद छ। 

–ओठको कालोपन हटाउन एक सानो चम्चा दूधमा कागतीको रस र अलिकति दही मिलाएर लगाउनुहोस्। पाँच मिनेटपछि धुनुहोस्। 

–गुलाबका पात पिसेर हप्तामा एक पटक ओठमा लागउनुहोस्। यसबाट ओठमा नयाँ रौनक आउनेछ र ओठ गुलाबी बन्नेछ। 

–गोलभेँडाको रसमा चिल्लो पदार्थ मिलाएर ओठमा लेप लाउनाले ओठ फुट्ने छैन र लाली बनिरहनेछ। 

–दहीलाई अलिकति मनतातो पारेर लगाउनाले ओठ मुलायम हुन्छ। 

–नुन र मह मिलाएर ओठमा लगाउनाले खस्रोपन हट्छ र ओठ फुट्दैन। 

–ओठ कालो, खस्रो, पाप्रा जमेको छ भने महमा बोरेक्स क्षार मिलाएर लगाउनाले लाभ हुन्छ। 

–हरेक दिन काँचो दूधको फिँज लगाउनाले ओठ सुक्दैन। ओठमा चमक रहिरहन्छ। 

–लिपस्टिक लगाइसकेपछि ओठमा बर्फ दल्नुहोस्। यसबाट लिपस्टिक अधिक समयसम्म रहन्छ। 

–लिपस्टिक लगाइसकेपछि अलिकति भ्यासलिन क्रिम लगाउनाले ओठमा चमक आउँछ। 
 

तपाईको कमेन्ट

छुटाउनु भयो कि