साताको राशिफल (१५ चैत - २२ चैत २०७६ )


मेष (चु चे चो ला लि लु ले लो अ)

अनुसन्धानात्मक कार्यमा सफलता मिल्ने देखिन्छ। सामाजिक प्रतिष्ठा वृद्धि हुनेछ। प्रसन्नता र कार्यमा उत्साह बढ्नेछन्। राजनीतिकर्मीका लागि साता खासै फलदायी छैन। मान्यजनको सल्लाह लिनु श्रेयस्कर रहनेछ। कुटनीतिक कार्यमा प्रगति नहोला। स्वास्थ्यमा सामान्य सुधार हुनेछ। छोटो यात्राको योग छ। अधुरा काम सुचारु हुनेछन्।

कुम्भ (गू गे गो सा सी सु से सो द)

विशिष्ट व्यक्तिको सहयोगले महŒवपूर्ण काम बन्नेछ। उत्साह र हर्ष बढ्ने देखिन्छ। गरेका कार्यबाट उचित प्रतिफल प्राप्त हुनेछ। छिमेकीसँग सम्बन्ध सुध्रनेछ। लामो समयदेखि अल्झिएको काम मातापिताको सहयोगले यसै साता सुचारु हुनेछ। राजनीतिकर्मीका लागि साता गतिलो छैन। राज्यबाट सम्मान पाइनेछ। व्यवसायमा अपेक्षित लाभ हुनेछ।

बृष (इ उ ए ओ वा वी वु वे वो)

पारिवारिक सुख प्राप्त हुनेछ। सामाजिक कार्यमा समय बित्नेछ। साझेदारी कार्यमा हानि व्यहोर्नुपर्ला। मानसिक तथा शारीरिक थकान महसुस हुनेछ। सामाजिक प्रतिष्ठा प्राप्त हुने योग छ। कृषिबाट लाभ हुनेछ। मान्यजनसँग भेटघाट हुनेछ। अध्ययनमा अवरोध आउनेछ। राजनीतिक कार्यमा गतिरोध आउला। व्यापारमा लाभ नहोला।

कर्कट (ही हु हे हो डा डि डु डे डो)

पारिवारिक असमझदारी बढ्न सक्छ। स्वास्थ्यमा सामान्य समस्या देखापर्नेछ। चल सम्पत्तिको विवाद बढ्न सक्छ। मान्यजनको सहयोगले विशिष्ट कार्यको थालनी हुनेछ। महत्त्वपूर्ण काम बन्नेछ। आकस्मिक धनलाभ होला। चोटपटक लाग्न सक्ने देखिन्छ। आयआर्जन सामान्य रहला। अध्ययनमा रुचि हुनेछैन। खर्च वृद्धि हुनेछ। पराक्रम बढ्नेछ।

मिथुन (का कि कु घ ङ छ के को हा)

आम्दानीको नयाँ स्रोत फेला पर्नेछ। स्वास्थ्यमा सुधार आउनेछ। व्यापार– व्यवसाय सामान्य रहनेछ। शारीरिक आलस्य बढ्नेछ। प्रेमी–प्रेमिकाबीच सम्बन्ध प्रगाढ बन्नेछ। समाजमा मान–सम्मान प्राप्त हुनेछ। अध्ययनमा प्रगति हुनेछ। दाजुभाइको भरपूर सहयोग पाइनेछ। मनमा हर्ष र कार्यमा उत्साह बढ्नेछन्। विरोधीहरू बलवान् देखिन्छन्।

कन्या (टो प पी पु ष ण ठ पे मो)

विश्वासपात्रबाट धोका हुन सक्ला। खर्च वृद्धि हुनेछ। उत्साह बढ्नेछ। सन्तानबाट सहयोग पाइनेछ। आम्दानीका स्रोतहरू अवरुद्ध होलान्। मनमा शंका र त्रास उत्पन्न हुनेछन्। व्यापारमा बढोत्तरी हुनेछ। आफन्तसँगको सम्बन्ध यथावत् रहनेछ। व्यापारमा लाभ हुनेछ। शैक्षिक क्षेत्रमा लगानी गरिनेछ। अध्ययनको नतिजा सुखद रहनेछ।

सिंह (मा मि मू मे मो टा टी टु टे)

चञ्चलता बढ्नेछ। स्वास्थ्यमा धन खर्चिने समय रहेको छ। मानसिक अन्तद्र्वन्द्व बढ्नेछ। आफन्तजनबाट सहयोग प्राप्त हुनेछ। पुरानो मित्रसँग भेट हुनेछ। साताको मध्यतिर शारीरिक दुर्बलता बढ्नेछ। अध्ययनमा सफलता पाइनेछ। रोजगारीको नयाँ अवसर फेला पर्नेछ। व्यापारमा सुधार आउनेछ। वैदेशिक व्यापारमा उन्नति हुने देखिँदैन।

बृश्चिक (तो ना नी नू ने नो या यि यु)

आयआर्जनमा वृद्धि हुनेछ। मनमा हर्ष बढ्नेछ। स्वास्थ्यमा सुधार आउनेछ। समाजसेवामा रुचि बढ्नेछ। राजनीतिकर्मीका निम्ति साता फलदायी छैन। व्यवसायमा सुधार आउनेछ। आफन्तको सहयोगले पारिवारिक तनाव अन्त्य हुनेछ। मन स्थिर हुनेछ। दाजुभाइमा मनमुटावको स्थिति रहला। अध्ययनमा सफलता प्राप्त हुनेछ। राज्यबाट सम्मानित भइएला।

तुला (र री रु रे रो ता ती तू ते)

समाजसेवामा सरिक भइनेछ। जागिरमा पदोन्नति हुनेछ। अध्ययनमा रुचि बढ्नेछ। स्वास्थ्यमा समस्या देखापर्न सक्छ। विरोधीहरू सबल बन्नेछन्। राज्यबाट विशेष प्रकारको जिम्मेवारी प्राप्त होला। कुरा काट्नेहरू बढ्नेछन्। विश्वासपात्रले विश्वासघात गर्न सक्नेछन्। साहित्यको क्षेत्रमा प्रगति हुने देखिन्छ। साताको अन्त्यमा पारिवारिक झमेला बढ्न सक्छ।

मकर (जो जा जी खी खू खे खो गा गी)

आयआर्जनको क्षेत्र फराकिलो भएर जानेछ। अध्ययन–अध्यापनमा सुधार हुनेछ। आफन्तको स्वास्थ्य उपचारमा खर्च हुने देखिन्छ। यात्रामा सजगता अपनाउनुहोला। पारिवारिक सद्भाव बढ्नेछ। प्रेमी–प्रेमिकाबीच घनिष्टता बढ्नेछ। गरेका कार्यबाट सन्तुष्टि मिल्नेछ। शैक्षिक क्षेत्रमा गरिएको राम्रो प्रतिफल हासिल हुनेछ। सवारीसाधन चलाउँदा थप होसियार रहनुहोला।

धनु (ये यो भा भि भु धा फा ढा भे)

स्वास्थ्यमा सुधार आउनेछ। पारिवारिक समस्या देखिनेछ। मान्यजनको सल्लाहले महŒवपूर्ण काम बन्नेछ। चल सम्पत्तिको किनबेच हुन सक्छ। आयआर्जनको नयाँ स्रोत फेला पर्नेछ। रोजगारीको अवसर प्राप्त हुनेछ। अध्ययनमा अवरोध देखापर्न सक्छ। खर्च वृद्धि हुनेछ। सामाजिक प्रतिष्ठा प्राप्त हुनेछ। आलोचनाको पात्र भइने सम्भावना छ।

मीन (दि दू थ भ ञ दे दो चा ची)

मानसिक पीडा हुन सक्छ। खर्च वृद्धि हुनेछ। आयआर्जन सामान्य रहनेछ। साहित्य क्षेत्रमा प्रतिष्ठा बढ्नेछ। आफन्तको सहयोग पाइनेछ। व्यापारमा लाभ हुने देखिँदैन। स्वास्थ्यमा समस्या देखिन सक्छ। राजनीतिकर्मीका लागि साता फलदायी छ। समाजसेवामा सरिक भइनेछ। मुहारमा कान्ति छाउनेछ। दम्पतीबीच खटपट हुन सक्छ।

छुटाउनु भयो कि