दीपाशा बिसी

२०६४ सालमा शोभित बस्नेत निर्देशितफिल्म ‘दुलही रानी’बाट फिल्मयात्रा सुरु गरेकी दीपाशा बिसीको पछिल्लो फिल्म ‘रमिता’ हो, जुन प्रदर्शनको तयारीमा छ । ‘झेली’, ‘ओएमजी’, ‘गहिराइ’, ‘बिरानो माया’, ‘छाल’ मा उनले काम गरेकी छिन् । पाँच सयभन्दा बढी गीतमा मोडलिङ गरेको बताउने दीपाशाले भारतीय गायिका सञ्जीवनीको स्वर रहेको ‘तिमी थोरै’ बोलको गीतबाट म्युजिक भिडियोमा डेब्यू गरेकी थिइन् । उनले लोकदोहोरी र तीज गीतमा ज्यादा मोडलिङ गरेकी छिन् । सुर्खेत,वीरेन्द्रनगरमा जन्मिएकी दीपाशा आठ वर्षअघि कलाकार बन्ने सपनाले डोरिएर काठमाडौँ आएकीथिइन् ।