एन्जल श्रेष्ठ

सर्लाही, नवलपुर स्थायी घर भएकी एन्जल श्रेष्ठ सात वर्षदेखि काठमाडौँमा बसेर मोडलिङ गरिरहेकी छिन् । यस क्रममा ४० वटाभन्दा बढी म्युजिक भिडियोमा अभिनय गरेकी उनले केही विज्ञापनमा पनि काम गरेकी छिन् । उनले अहिलेसम्म तीनटा फिल्ममा अभिनय गरेकी छिन् । पहिलो फिल्म ‘कड्के कमाल के’ प्रदर्शन भइसकेको छ भने ‘गोर्खे’ र ‘लप्पनछप्पन २’ प्रदर्शन हुन बाँकी छन् ।