भावना गुरुङ

गोरखामा जन्मिएकी भावना गुरुङले चितवनको सप्तगण्डकी कलेजबाट प्लस टू पास गरिन् । बीए पढ्न काठमाडौँ आएकी उनले यहाँ मोडलिङ पनि सुरु गरिन् । थुप्रै ¥याम्प सोको अनुभव सँगालेकी उनले म्युजिक भिडियो र फिल्मकालागि आधार तयार गरिन् । दुई दर्जनजति म्युजिक भिडियोमा अभिनय गरेकी भावनाले गुरुङ भाषाका केही फिल्ममा पनि काम गरेकी छिन् । नेपालीमा भने उनको डेब्यू फिल्म ‘स्वर्ग मेरो गाउँ’ हो । फिल्ममा उनी शहरिया युवतीको भूमिकामा छिन् ।