रजनी केसी

हास्य शृंखला ‘टेन टू फाइभ’मा नियमित देखिने रजनी केसीको अभिनय यात्रा भने छवि ओझाले निर्माण गरेको फिल्म ‘लोफर’बाट सुरु भएको थियो । यसपछि उनले ‘ब्रासलेट’, ‘लाल जोडी’,‘परदेशी’ आदि फिल्ममा काम गरिन् । प्रशान्त तामाङसँग जोडी बाँधेको ‘परदेशी’ उनको उल्लेख्य फिल्म हो । थुप्रै म्युजिक भिडियोमा देखिएकी रजनीले ‘दीपज्योति’, ‘चर्खा’, ‘पटुकी’ लगायत फिल्ममा पनि अभिनय गरेकी छिन् । अभिनयमा निखार ल्याउन उनले मण्डला थिएटरमा आर्ट कोर्स पनि गरेकी थिइन् ।