सारा सिरपाइली

फिल्म ‘रुद्र’मार्फत डेब्यू गरेकी अभिनेत्री सारा सिरपाइली मिस टिनमा भाग लिएपछि मोडलिङ हुँदै फिल्ममा आएकी हुन् । अभिनेता निखिल उप्रेतीसँग पहिलो पटक काम गरेकी उनले उनैसँग ‘पिँजडा ब्याक अगेन’मा पनि काम गरिन् । पहिलो फिल्ममा ठीकठाक प्रतिक्रिया पाए पनि ‘पिंजडा ब्याक अगेन’ मा भने उनको अभिनय प्रशंसित भयो । यो क्रम तेस्रो फिल्म ‘सुश्री सम्पत्ति’ मा पनि दोहोरिएको थियो । जोसँग पनि घुलमिल भइहाल्ने नम्र स्वभावकी साराले भर्खरै मात्र फिल्म ‘गुञ्जन’को सुटिङ सकाएकी छिन् । ‘जात्रैजात्रा’को एक गीतमा नृत्य गरेकी उनले दर्जनौँ म्युजिक भिडियोमा काम गरेकी छिन् ।