श्वेता खड्का

अभिनय, समाजसेवा र व्यापारकी त्रिवेणी हुन्, श्वेता खड्का । ‘कहाँ भेटिएला’बाट नेपाली फिल्ममा प्रवेश गरेकी उनले त्यसयता ‘हाँसिदेऊ एक फेर’, ‘श्रीमान्–श्रीमती’, ‘कोहिनूर’, ‘कान्छी’ आदि फिल्ममा काम गरेकी छिन् । होटल र कफीसपमा लगानी गरेकी श्वेता सिन्धुपाल्चोकको भूकम्पपीडित माझी बस्तीका निम्ति घर बनाउने काम गरिरहेकी छिन् । त्यसैगरी, उनले हालसालै ललितपुरको गोदावरीमा क्यान्सर अस्पताल बनाउने घोषणा पनि गरेकी छिन् ।