आकांक्षा बस्नेत, रक्षा अधिकारी, वन्दना विष्ट

कोरोना भाइरसको संक्रमणबाट बच्न सामान्य नागरिकले व्यक्तिगत सरसफाइ र सामाजिक दूरीमा सचेत रहनुपर्छ । बिरामीसँग निरन्तर सम्पर्कमा रहनुपर्ने स्वास्थ्यकर्मीले भने पीपीई (पर्सनल प्रोटेक्टिभ इक्विपमेन्ट) पनि प्रयोग गर्नुपर्ने हुन्छ । यस्ता सामग्री अस्पतालअनुसार फरक–फरक हुन सक्छन् । सामान्यतः पीपीईमा दुई जोरपञ्जा, दुई जोर क्याप (सर्जिकल र नर्मल), दुुई जोर मास्क (सर्जिकल र एम ९५), दुई थान गाउन (कभरअल र नर्मल) र गगल्स समाविष्ट हुन्छन् । आँखा, हात र शरीरबाट संक्रामक रौग फैलने खतरा हुन्छ । पीपीईले स्वास्थ्यकर्मीलाई संक्रमणबाट बचाउँछ । सरकारले अहिले पीपीईको सेट देशका सम्पूर्ण अस्पतालमा पठाइसकेको दाबी गरेको छ । केही अस्पतालले छाता र रेनकोटको कपडाबाट कामचलाउ पीपीई तयार बनाएका खबर पनि आएका छन् ।