रेशु तामाङ

सुनसरीको प्रकाशपुर स्थायी घर भएकी रेशु तामाङले ‘विनर’ चलचित्रबाट अभिनयमा डेब्यु गरेकी हुन् । अंग्रेजी विषयमा स्नातकोत्तर गरेकी उनले फिल्ममा आउनुअघि थुप्रै र्‍याम्प मोडलिङ र म्युजिक भिडियोको अनुव लिएकी थिइन् । दर्जन हाराहारी म्युजिक भिडियोमा मोडलिङ गरेकी रेशु राजु लामाको स्वर रहेको ‘हेर्दामा मैच्याङ’ र रुकमान लिम्बूको ‘तिमीलाई म के भनुँ’लाई उल्लेख्य मान्छिन् । सबै खाले भूमिका गर्न रुचाउने रेशुले ‘कमलेको बिहे’ मा भने गाउँले युवतीको भूमिका निर्वाह गरेकी छिन् । ‘विनर’ मा भने उनले आधुनिक युवतीको भूमिका निर्वाह गरेकी थिइन् । अभिनयसँगै निर्माणमा पनि रुचि राख्ने रेशु भर्खरै सकिएको नेपालको पहिलो कमेडी सो ‘कमेडी च्याम्पियन’की एक निर्माता पनि हुन् ।