उगेन छोदेन

भुटानको थिम्पुमा जन्मिएकी उगेन छोदेन भुटानकी चर्चित अभिनेत्री हुन् । ट्राभल एजेन्टका रूपमा काम गर्दागर्दै अभिनयको प्रस्ताव पाएकी उनले सन् २०१४ मा ‘लोक्सो’मार्फत फिचर फिल्ममा डेब्यू गरेकी थिइन् । त्यसयता उनले अभिनेत्रीका रूपमा सात वटा भुटानी फिल्ममा अभिनय गरेकी छिन् । नेपाली भाषा अल्प–अल्प बोल्ने छोदेनले नेपालमा भने ‘२ नम्बरी’ फिल्मार्फत डेब्यू गर्दै छिन् । फिल्ममा उनलाई दयाहाङ राईको जोडीका रूपमा देख्न सकिनेछ ।