शरिष्मा रामजाली मगर

म्याग्दीकी शरिष्मा रामजाली मगर पोखरामा भएको ‘मिस मगर २०१४’ की विजेता भएपछि मोडलिङमा लागेकी हुन् । कल्चरल डान्समा विशेष रुचि भएकी उनले थुप्रै म्युजिक भिडियामा अभिनय गरेकी छिन् । ‘म कल्चरल र बेली डान्स गर्छु,’ उनी भन्छिन्, ‘विभिन्न स्थानमा आयोजना हुने महोत्सवमा नृत्य गर्नमा नै बढी व्यस्त छु ।’ विदेशमा हुने सांस्कृतिक कार्यक्रमका लागि पनि उनलाई निम्ता आइरहन्छ । राम्रो नृत्य गर्न सकेकै कारण मोडलिङमा टिक्न सकेको उनी बताउँछिन् । ‘म्युजिक भिडियोको काम नहुँदा महोत्सव तथा सांस्कृतिक कार्यक्रममा नृत्य गर्दा हुने आयआर्जनले मोडलिङ पेशालाई निरन्तरता दिन सकेकी छु,’ उनी भन्छिन् ।