रुबिना थापा र सुशील श्रेष्ठ

सुशील श्रेष्ठ फिल्म ‘होस्टेल रिटर्न्स'बाट डेब्यू गरेका अभिनेता सुशील श्रेष्ठले र्‍याम्प हुँदै अभिनयमा फड्को मारेका हुन्। कुनै समय अनमोल केसीका प्रतिस्पर्धी मानिएका सुशीलका पछिल्ला तीन फिल्म ‘सायद २’, ‘कारखाना’ र ‘बादशाह जुट’ बक्स अफिसमा असफल भएपछि भने उनी प्रतिस्पर्धामा पछाडि परेका छन्। त्यसैले उनको आश आउँदो फागुन २ गते रिलिज हुने फिल्म ‘लभ डायरिज’ मा टिकेको छ। फिल्ममा उनले रुबिना थापासँग जोडी बाँधेका छन्। रुबिना थापा मोडलिङबाट अभिनयमा आउने परम्पराकी नयाँ सदस्य हुन्, रुबिना थापा। मोडलिङ गर्दा गर्दै ‘लभ डायरिज’को अफर पाएकी उनले फिल्ममा सन्जनाको भूमिका निर्वाह गरेकी छिन्। सन् २०१५ बाट मोडलिङमा रहेकी थापासँग थुप्रै र्‍याम्प सोको अनुभव छ। केही विज्ञापनमा देखिएकी उनी करिअर काउन्सिलरका रूपमा पनि कार्यरत छिन्। उनी भक्तपुर, बालकोटकी स्थायी बासिन्दा हुन्।