वर्षा शिवाकोटी

एपेक्स कलेजबाट बीबीए गरेकी वर्षा शिवाकोटी पढ्दापढ्दै म्युजिक भिडियो र फिल्मतर्फ आकर्षित भइन् । केही म्युजिक भिडियोमा मोडलिङ गरेकी वर्षा निर्देशक विकास आचार्यको नजरमा परिन् र उनकै आग्रहमा ‘नाइँ नभन्नू ल २’ को हिस्सा बनिन् । पहिलो फिल्म नै सुपरहिट भएपछि उनको सक्रियता ह्वात्तै बढ्यो । त्यसयता म्युजिक भिडियो र फिल्ममा सरोबरी देखिने वर्षाले दर्जन हाराहारीमा फिल्म खेलिसकेकी छिन् । ‘पशुपतिप्रसाद’मा उनले गरेको ‘बुनु’को भूमिका सबैभन्दा उम्दा मानिन्छ । ‘पुरानो बुलेट’, ‘जय शम्भु’ र ‘वीरविक्रम २’ मा काम गरिसकेकी उनी चाँडै नै ‘लक्का जवान’मा देखिँदै छिन् ।