कञ्चन निरौला

काठमाडौँ, बानियाँटारकी कञ्चन निरौला एयरहोस्टेस हुन् । हाल एक निजी वायुसेवा कम्पनीमा काम गर्छिन् । ‘मिस टिन राजधानी २०१७’ की विजेता उनलाई घरपरिबारबाट मोडलिङमा समर्पित हुन अनुमति छैन । ‘पढाइ र काममा फोकस हुनुपर्छ भन्ने परिवारको माग छ,’ उनी भन्छिन् । मिस टिनको उपाधि जितेपछि उनले केही म्युजिक भिडियो र विज्ञापनमा अभिनय गर्ने अवसर पाएकी थिइन् । ‘फिल्मको अफर पनि आएको थियो, तर जागिरका कारण गरिनँ,’ उनी भन्छिन् । अहिले विभिन्न थिममा फोटोसुट गराइरहेकी उनी विज्ञापनमा काम गरिरहेकी छिन् । ‘हप्तामा तीन दिन फ्लाइट हुन्छ,’ कञ्चन भन्छिन्, ‘बाँकी समय मोडलिङमा दिने गरेकी छु ।’