किरन खत्री

धुलाबारी, झापाकी किरन खत्री एयरहोस्टेस हुन्। बीबीएस गरेकी उनी बुलेट बाइक कुदाउन र बास्केटबल खेल्न रुचाउँछिन्। मोडलिङमा उनलाई विज्ञापनमा अभिनय गर्न मन पर्छ।‘मोडलिङमा लागेर म्युजिक भिडियो, र‍्‍याम्प वाकतिर लाग्ने भन्दा पनि विज्ञापनमा अभिनय गर्ने मेरो रहर हो,'उनी भन्छिन्, ‘त्यसैले म विज्ञापनमै फोकस्ड भइरहेकी छु।' गीत गाउन रुचाउने किरनलाई घुमफिरमा पनि रुचि छ।