रेबिका गुरुङ

तीन वर्षयता मोडलिङमा सक्रिय रेबिका गुरुङले ‘लिलीबिली’ मा पहिलो पल्ट फिल्म खेल्ने अफर पाएकी थिइन् । प्रदीप खड्काको अपोजिटमा अनुबन्धित उनी फिल्मको औपचारिक घोषणासम्म पनि फिल्मको हिस्सा थिइन् । तर, सुटिङ सुरु नहुँदै उनी बाहिरिइन् । यसपछि उनले अभिनय गरेको फिल्म ‘मारुनी’ हो, जुन केही समयअघि प्रदर्शनमा आएको थियो । पढाइ र अभिनयलाई सँगसँगै लैजाने लक्ष्य लिएकी रेबिका रेडियोग्राफीमा तेस्रो वर्षकी विद्यार्थी हुन् । आर्ट मुभी र सिरिज हेर्न मन पराउने उनी उपन्यास पढ्न र खाना पकाउन पनि रुचि राख्छिन् । ५ फिट ४ इन्च अग्ली रेबिकाको नयाँ फिल्म ‘म’ हो, जुन पोस्ट प्रोडक्सनको चरणमा रहेको छ ।