सगुन शाही

सुर्खेतकी सगुन शाही मोडलिङमा लागेको सात वर्ष भयो । ‘ढुवानी’ उनको डेब्यू फिल्म हो । ‘म्युजिक भिडियोमा काम गर्दागर्दै फिल्ममा अभिनय छुट्यो,’ उनी भन्छिन् । करिब छ सय म्युजिक भिडियोमा अभिनय गरेको बताउने उनी भिडियोमा काम गर्दा आयआर्जनको दुःख नहुने बताउँछिन् । ‘मलाई मिल्ने खालको भूमिका पाएँ भने फिल्ममा काम गर्न तयार छु,’ सगुन भन्छिन्, ‘सोचेजस्तो फिल्ममा अफर नआएकाले काम नगरेको हो ।’