उषा खड्गी

सबैभन्दा फिट ‘पूर्व मिस नेपाल’को नाम लिनुपर्‍यो भने सबैको मुखमा उषा खड्गीको नाम आउँछ । दुई सन्तानकी आमा उषा आज पनि उस्तै देखिन्छिन्, जस्तो उनी १९ वर्षअगाडि सातौँ मिस नेपाल बन्दा थिइन् । उनले सन् २००० मा ‘मिस नेपाल’ को उपाधि जितेकी थिइन् । धेरै पूर्व मिस नेपालले फिल्म क्षेत्रमा करिअर बनाउँदा उनी भने म्युजिक भिडियोभन्दा अगाडि बढिनन् । तर, पेपर एड र इलेक्ट्रोनिक एड भने उनले अनगिन्ती गरेकी छिन् । सौन्दर्य प्रतियोगिताको कोरियोग्राफी पनि गर्ने उनी फिट रहन योग गर्छिन् ।