मेरी क्रिसमस !

सुपुष्पा भट्ट चार्टर्ड एकाउन्टेन्सीकी विद्यार्थी सुपुष्मा भट्टले ‘रणवीर’बाट अभिनय यात्राको थालनी गरेकी हुन् । यो फिल्म नचले पनि उनी खाली हात छैनन् । अनमोल केसीसँग एउटा पेय पदार्थको विज्ञापनमा अभिनय गरेकी उनले ‘छ माया छपक्कै’मा छोटो र मीठो भूमिका निर्वाह गरेकी थिइन् । भर्खरै ‘चपली हाइट ३’को सुटिङ सकाएकी सुपुष्पा पढाइ र अभिनयलाई सँगै लैजाने बताउँछिन् ।