नम्रता सापकोटा

नम्रता सापकोटाले अभिनय गरेको पहिलो फिल्म ‘सिग्नेचर’ हो, तर फिल्म आजसम्म पनि हलमा आएको छैन । त्यसैले नम्रताले दोस्रो चोटि अभिनय गरेको ‘अन्तराल’ उनको डेब्यू फिल्म हो । त्यसयता उनले ‘छक्कापञ्जा’, ‘ब्रासलेट’, ‘समर लभ’, ‘यता न उता’ आदि फिल्ममा अभिनय गरेकी छिन् । सयभन्दा बढी म्युजिक भिडियोमा अभिनय गरेकी नम्रता साल्सा नृत्यमा पोख्त मानिन्छिन् ।