साम्राज्ञीराज्यलक्ष्मी शाह

अभिनेत्री साम्राज्ञीराज्यलक्ष्मी शाह सूर्य इन्टरनेसनल अवार्डमा सहभागी हुन जापानको टोकियो पुगेकी थिइन्। यो तस्बिर टोकियोबाट नजिकै रहेको सिनोकुबोको जेब्रा क्रसिङमा खिचिएको हो। जापानीहरू संसारभर जति अन्य अनुशासनका लागि चिनिन्छन्, त्यति नै ट्राफिक अनुशासनका लागि पनि चिनिन्छन्। नेपालमा जेब्रा क्रसिङमा यात्रु दुर्घटनामा पर्ने संख्या बढ्दो क्रममा छ। साम्राज्ञीको यो तस्बिरले चालकलाईजेब्रा क्रसिङबाट बाटो काट्न पाउने यात्रुको अधिकारलाई सम्मान गर्न प्रेरित गरोस् !