श्रद्धा प्रसाई

म्युजिक भिडियो हुँदै फिल्ममा प्रवेश गरेकी श्रद्धा प्रसाईंको डेब्यू फिल्म ‘दर्पणछायाँ २’ हो । फिल्ममा सहायक भूमिकामा देखिएकी उनी दोस्रो फिल्म ‘प्रेमगीत २’ मा पनि सहायक भूमिकामा नै थिइन् । काठमाडौं स्कुल अफ लमा कानुन पढ्दापढ्दै अभिनयको भोकले म्युजिक भिडियो खेल्न थालेकी उनले आजभोलि भने अभिनयसँगै निर्देशनमा पनि करिअर बनाउने सोच बनाएकी छिन् । यही साताबाट प्रसारण सुरु भएको ‘कमेडी च्याम्पियन’मा श्रद्धाले सहायक निर्देशकको जिम्मेवारी सम्हालेकी छिन् । अनमोल केसीको प्रेमिका भएर पर्दामा देखिन चाहने श्रद्धा मनपर्ने अभिनेताको नाम लिनुपर्दा भने कर्माको नाम लिन्छिन् ।