रिया जिसी

काठमाडौँ, कोटेश्वरकी रिया जिसी ख्वपः इन्जिनियरिङ कलेजमा आर्किटेक्चर पढिरहेकी छिन् । मोडलिङ उनको अभिरुचिको क्षेत्र हो । पढाइ र मोडलिङ एकसाथ गर्न उनलाई त्यति सजिलो छैन । ‘पढाइमा धेरै नै टाइम दिनुपर्छ,’ रिया भन्छिन्, ‘तैपनि, समय मिलाएर मोडलिङ गरिरहेकी छु ।’ केही र्‍याप सोमा हिँडेकी र विज्ञापनमा काम गरेकी उनी पढाइ सकेपछि भने मोडलिङलाई बढी समय दिने बताउँछिन् । ‘पढाइ नबिगार्ने शर्तमा परिवारबाट मोडलिङमा लाग्न अनुमति पाएको छु,’ उनी भन्छिन् ।