सुमी मोक्तान

सन् २०१२ मा सम्पन्न मिस तामाङको उपाधि विजेता सुमी मोक्तान मोडलिङ र म्युजिक भिडियो अभिनयमा स्थापित नाम हो । भारतको दिल्लीमा बसेर पढेकी उनले त्यहाँ पनि यस्तै प्रतियोगितामा भाग लिएर सन् २००८ मा ‘मिस दिल्ली’को उपाधि जितेकी थिइन् । सन् २०१३ मा मिस नेपालमा भाग लिएकी सुमीले चौथो स्थान हात पारिन् । ‘दुई रुपैयाँ’ र ‘जानी नजानी’ गरी दुई फिल्ममा आइटम गीतमा नृत्य गरेकी उनले ‘झ्यानाकुटी’मा छोटो भूमिका निर्वाह गरेकी थिइन् । मंसिर १३ गते प्रदर्शन हुन लागेको फिल्म ‘सरौतो’मा पूर्ण नायिकाको भूमिकामा प्रस्तुत हुन लागेकी सुमी मिक्स्ड मार्सल आट्र्सकी खेलाडी पनि हुन् ।