भावना विश्वकर्मा

सुर्खेतकी भावना विश्वकर्मा काठमाडौँ, बौद्धमा बस्छिन् । उनी यतै हुर्किएकी हुन् । प्लस टू अध्ययन गरिरहेकी उनलाई मोडलिङमा रुचि छ । ‘पढाइ पूरा नगरी मोडलिङमा पूर्णतः लाग्दिनँ,’ उनी भन्छिन्, ‘परिवारले पढाइ नबिग्रने गरी मोडलिङमा लाग्न छुट दिनुभएको छ ।’ केही फेसन सो र ब्युटी पेजेन्टमा भाग लिएकी उनी अहिले फुर्सद हुँदा मोडलिङलाई समय दिन्छिन् । हालसालै पोर्टफोलियो फोटसुट गराएकी उनलाई विज्ञापन र म्युजिक भिडियोमा अभिनय गर्ने अफर पनि आएका छन् । ‘अहिलेलाई थोरै काम गर्ने तर राम्रो गर्ने योजनामा छु,’ भावना भन्छिन्, ‘मोडलिङमा रहर छ भन्दैमा मरिहत्ते गर्ने पक्षमा छैन म ।’