आर्यन सिग्देल र मिरुना मगर

किस्मत’बाट नेपाली फिल्ममा डेब्यू गरेका आर्यन सिग्देल नेपाली रजतपटमा चकलेटी लुक्स र उम्दा अभिनयका लागि परिचित छन् । फिल्ममा आउनुअघि थुप्रै नाटक र सिरियलमा अभिनय गरेका आर्यनको तेस्रो फिल्म ‘मेरो एउटा साथी छ’ले उनलाई स्टार बनाएको थियो । ३० भन्दा बढी फिल्ममा अभिनय गरेका आर्यनको नयाँ फिल्म ‘चचहुई’ मंसिर ६ देखि सार्वजनिक प्रदर्शनमा आउँदै छ । मिरुना मगर बेलायतमा हुर्केबढेकी मिरुना मगरले ‘लालपुर्जा’बाट फिल्म अभिनयको थालनी गरेकी हुन् । त्यसयता ‘रोज’ र ‘साइनो’ गरी थप दुई फिल्ममा अभिनय कौशल प्रस्तुत गरेकी उनी आर्यनको जोडीका रूपमा ‘चचहुई’मा पनि देखिँदै छिन् । यो फिल्म रिलिज नहुँदै मिरुना दयाहाङ राईको मुख्य भूमिका रहने फिल्ममा अनुबन्ध भइसकेकी छिन्, जसलाई कवि तथा फिल्म लेखक उपेन्द्र सुब्बाले निर्देशन गर्दै छन् ।