दीपकराज/सुपुष्पा
टेलिभिजन कार्यक्रम ‘ट्वाक्क टुक्क’ हुँदै अभिनयमा प्रवेश गरेका दीपकराज गिरी नेपालको सबैभन्दा धेरै कमाउने फिल्म ‘छक्का पञ्जा ’ सिरिजका लेखक, निर्माता तथा कलाकार हुन् । ‘छ माया छपक्कै’ दीपकराज गिरीको प्रदर्शन हुन लागेको फिल्म हो । यसमा पनि दीपक लेखक, निर्माता र अभिनेताको तेहेरो भूमिकामा छन् ।
‘रणवीर’बाट डेब्यू गरेकी सुपुष्पा भट्टको ‘छ माया छपक्कै’ दोस्रो फिल्म हो । जितु नेपालको जोडी बनेर अभिनय गरेकी उनी फिल्ममा सानो भूमिकामा छिन् । ५ फिट ६ इन्च अग्ली उनी हालसालै ‘चपली हाइट ३’ मा पनि अनुबन्ध भएकी छिन् ।
मेकअप : केटीएम स्कुल अफ मेकअप बाई मेकअप स्टुडियो प्रोफेसनल आम्सटर्डम, काठमाडौँ
पहिरन : Nuzat Qazi