जुना कुँवर

र्घाखाँचीकी जुना कुँवरले भारतको बैंगलोरबाट बीएससी नर्सिङ गरेकी छिन्। बैंगलोरमा हुँदा उनले केही सौन्दर्य प्रतियोगितामा भाग लिएकी थिइन्। पढाइ सकेर नेपाल फर्किएपछि उनले मिस नेपाल पिस ब्युटी पेजेन्टमा भाग लिएकी थिइन्। मोडलिङ र नर्सिङ पेशालाई एकसाथ अघि बढाउने जुना बताउँछिन्। केही समय वीर अस्पतालमा काम गरेकी उनी अहिले सुमेरु अस्पतालमा कार्यरत छिन्। विज्ञापन, म्युजिक भिडियो र फिल्ममा काम गर्ने रुचिका कारण उनी अभिनय र नृत्य सिकिरहेकी छिन्। घरपरिवारबाट मोडलिङमा लाग्न साथ पाएको उनी बताउँछिन्।