सुदीप वस्ती र कुशिका प्रसाईं
सुदीप वस्ती र कुशिका प्रसाईं नेक्स्ट मोडल्स नेपालद्वारा आयोजित ‘मोडल हन्ट २०१९’ का विजेता हुन् । पाल्पा रामपुरका वस्तीले सूचना प्रविधि विषयमा स्नातक गरेका छन् । उनी फिटनेस ट्रेनर पनि हुन् । मोडलिङमा रुचि भएकाले मोडल हन्टमा भाग लिएको उनी बताउँछन् । ‘प्रतियोगिताका क्रममा भएको ग्रुमिङ क्लासमा मोडलिङसम्बन्धी आधारभूत ज्ञान हासिल गर्ने अवसर पाएँ,’ उनी भन्छन् । पढाइसँगै मोडलिङमा करिअर बनाउन प्रयास गर्ने उनी बताउँछन् ।
काठमाडौँ, कपनकी कुशिका प्लस टू सकेर फुर्सदमा थिइन् । मोडलिङमा उनको रुचि थियो । मोडल हन्ट आफूलाई मिल्ने खालको प्रतियोगिता भएकाले भाग लिएको उनी बताउँछिन् । ‘मोडलिङको यो मेरो पहिलो पाइला हो,’ उनी भन्छिन्, ‘प्रतियोगिताबाट सिकेको सीपलाई मोडलिङमा लगाउनेछु र थप सिक्दै जानेछु ।’ पढाइलाई निरन्तरता दिँदै मोडलिङ गर्ने उनको सोच छ ।
सुदीप वस्ती र कुशिका प्रसाईं
फोटोग्राफर : सञ्जय रौनियार
मेकअप : केटीएम स्कुल अफ मेकअप बाई मेकअप स्टुडियो प्रोफेसनल आम्सटर्डम, काठमाडौँ