आशा चापागाईं

काठमाडौँ, लोलाङ बोराटारकी आशा चापागाईं नर्स हुन् । नाइटिंगेल नर्सिङ कलेजबाट पीसीएल नर्सिङ पास गरेकी उनी बीपी स्मृति हस्पिटल, वसुन्धरा, काठमाडौँमा कार्यरत छिन् । नर्सिङसँगै मोडलिङमा पनि उनको रुचि छ । ‘मोडलिङका लागि म नयाँ फेस हुँ,’ उनी भन्छिन् । पहिलो पटक फोटो सुट गराएकी उनले पढाइ र जागिरलाई बाधा नपर्ने गरी मोडलिङमा लाग्ने योजना बनाएकी छिन् । विभिन्न प्रोडक्टका विज्ञापनमा उनी काम गर्न चाहन्छिन् । ‘तर, अहिले नै मोडलिङका लागि मरिहत्ते गर्दिनँ,’ उनी भन्छिन् । बीएससी नर्सिङ पढ्दै जागिर पनि गर्नुपर्ने भएकाले फुर्सदमा मोडलिङ गर्ने उनी बताउँछिन् ।