संगीता ताम्राकार

अछामकी संगीता ताम्राकार पढाइका लागि काठमाडौँ आएकी हुन् । सुदूरपश्चिमदेखि पढ्न भनेर काठमाडौँ आइपुगेकी उनलाई मोडलिङमा पनि रुचि छ । स्नातक पहिलो वर्षमा अध्ययनरत उनी मोडलिङ गर्छिन् । ब्युटी पेजेन्ट, म्युजिक भिडियो, फेसन सोमा काम गरेकी छिन् । मोडलिङलाई निरन्तरता दिने उनी बताउँछिन् । ‘नयाँ मोडल र कलाकारलाई आफ्नो प्रतिभा देखाउने अवसर कमै मात्र प्राप्त हुन्छ,’ उनी भन्छिन्, ‘धेरैजसो काम चिनजान र सिफारिसका भरमा हुन्छन् ।’ फिल्म, म्युजिक भिडियो र विज्ञापनका लागि अडिसनबाट छनोट गरियो भने यस क्षेत्रमा नयाँले अवसर पाउने उनी बताउँछिन् ।