रेखा लिम्बू

धरानकी रेखा लिम्बू म्युजिक भिडियोमा पछिल्लो समयकी व्यस्त अभिनेत्री हुन्। केही समययता उनले अभिनय गरेका भिडियो लगातार सार्वजनिक भइरहेका छन्। उनले छोटो समयमै तीन दर्जनभन्दा बढी म्युजिक भिडियोमा काम गरिसकेकी छिन्। सन् २०१२ मा ‘मिस लिम्बू’ मा सहभागी भएर ग्ल्यामर क्षेत्रमा प्रवेश गरेकी रेखाले सन् २०१४ देखि पूर्वमा बसेर म्युजिक भिडियो र फिल्ममा काम गरिन्। दुई वर्षयता काठमाडौँमै बसेर भिडियो र फिल्ममा सक्रिय छिन्। पूर्वमा रहँदा अभिनय गरेको फिल्म ‘तारेभीर’ व्यापारिक रूपले सफल नभए पनि रेखाको अभिनय दर्शकले मन पराए। त्यसपछि उनले सुरज सुब्बाको फिल्म ‘हृदयभरि’ र शिव श्रेष्ठको फिल्म ‘एउटा यस्तो प्रेम कहानी’ मा काम गरेकी छिन्। दुवै फिल्म निर्माणकै क्रममा छन्। उनले अभिनय गरेको भीषण मुकारुङको गीत ‘खोर्सानी डल्ले’ स्रोता–दर्शकले मन पराए।