छायाँ श्रेष्ठ
काठमाडौँ, बल्खुकी छायाँ श्रेष्ठले केही म्युजिक भिडियो, सर्ट फिल्म र फेसन सोमा काम गरेकी छिन्। मोडलिङमा विशेष रुचि भएकाले यो क्षेत्रमा लागेको उनी बताउँछिन्। ‘नयाँ मोडलले यस क्षेत्रमा काम पाउनै गाह्रो छ,’ उनी भन्छिन्, ‘पाए पनि पारिश्रमिक नपाउने वा थोरै पाउने गरेका छन्।’ नयाँलाई अवसर दिएको भन्दै धेरैले फ्रीमा काम गराउन खोज्ने गरेको उनी बताउँछिन्। पढाइसँगै एक्टिङ, डान्स क्लास लिइरहेकी उनी मोडलिङलाई निरन्तरता दिने बताउँछिन्।
छायाँ श्रेष्ठ
फोटोग्राफर : सञ्जय रौनियार
मेकअप : केटीएम स्कुल अफ मेकअप बाई मेकअप स्टुडियो प्रोफेसनल आम्सटर्डम, काठमाडौँ