आयुष्मा अधिकारी

ललितपुर, एकान्तकुनाकी आयुष्मा अधिकारी नर्स हुन् । पीसीएल नर्सिङ सकेपछि उनी अहिले सुमेरु अस्पतालमा कार्यरत छिन् । बीएससी नर्सिङ अध्ययनको तयारी गरिरहेकी उनलाई मोडलिङमा विशेष रुचि छ । नर्सको सौन्दर्य प्रतियोगितामा भाग लिएपछि मोडलिङतिर आकर्षित भएकी उनले केही विज्ञापनमा मोडलिङ गरेकी छिन् । केही फेसन सोमा सहभागी भएकी छिन् । पढाइ, जागिर र मोडलिङलाई एकसाथ अघि बढाउने योजनामा रहेकी उनलाई घरपरिवारको साथ र समर्थन छ । ‘मोडलिङमा लाग्न मलाई कुनै अवरोध छैन,’ आयुष्मा भन्छिन्, ‘समय मिलाएर मोडलिङलाई निरन्तरता दिनेछु ।’ भविष्यमा म्युजिक भिडियो र फिल्ममा अभिनय गर्ने उनको योजना छ ।