पूजा श्रेष्ठ

झापा,भद्रपुरकी पूजा श्रेष्ठ मिस पूर्वाञ्चल २०१८ की विजेता हुन्। सामान्य विद्यार्थी उनी मिस पूर्वाञ्चलको ताज जितेपछि पूर्वतिर चर्चित भइन्। उनी यस वर्ष मिस नेपालमा पनि सहभागी भइन्। मिस नेपालमा सोझै प्रवेश पाएकी पूजा उत्कृष्ट २५सम्म पुगिन्। उनलाई नृत्यमा रुचि छ। अभिनय गर्ने रहर पनि छ। मिस पूर्वाञ्चल भएपछि उनलाई थुप्रै म्युजिक भिडियोका अफर आए। ‘तर, मलाई हतार छैन,’ उनी भन्छिन्। भविष्यमा प्रोफेसर बन्ने लक्ष्य लिएकी उनी भन्छिन्, ‘अध्ययन मेरो पहिलो प्राथमिकता हो। त्यसपछि मात्र अन्य क्षेत्रमा हात हाल्छु।’ पहिरनः रानीज् कलेक्सन