सुजिता शिवाकोटी

काठमाडौँ, बालाजुकी सुजिता शिवाकोटी सोसल वर्क विषयमा स्नातक गर्दै छिन्। मोडल अफ इरा ब्युटी प्याजेन्टमा भाग लिएपछि मोडलिङमा आकर्षित भएकी उनले विभिन्न फेसन सोमा र्‍याम्प वाक गरेकी छिन्। मोडलिङ आफ्नो रुचिको क्षेत्र भएकाले पढाइसँगै यतातिर लागेको उनी बताउँछिन्। पढाइसँगै फुर्सदमा मोडलिङ गर्ने सोच उनले बनाएकी छिन्। एक वर्षअघिदेखि मोडलिङमा लागेकाले यो क्षेत्रबारे बुझ्न बाँकी रहेको उनी सुनाउँछिन्। ‘विज्ञापन, म्युजिक भिडियोमा काम गर्दै मोडलिङमा अघि बढ्ने योजना बनाएकी छु,’ उनी भन्छिन्, ‘र्‍याम्प वाकले आत्मविश्वास बढाउँछ।’