शोभा पौडेल

काठमाडौँ, बालाजुकी शोभा पौडेल स्कुल पढ्दादेखि नै विभिन्न सांस्कृतिक कार्यक्रममा भाग लिने गर्थिन् । उनलाई नृत्यमा विशेष रुचि थियो । नृत्य प्रशिक्षण पनि लिएकी छिन् । उनको अनुहार र उचाइ हेरेर धेरैले भविष्यमा हिरोइन हुनुपर्छ भन्थे । ‘साथी सर्कलका प्रायः सबैले ‘मोडलिङमा ट्राई गर्’ भनेपछि म मोडलिङमा लागेकी हुँ,’ उनी भन्छिन् । प्लस टूको परीक्षा दिएर फुर्सदमा रहेकी उनले पहिलो पटक फोटो सुट गर्नेबित्तिकै एउटा विज्ञापनमा काम गर्ने अवसर पाइन् । उनी अहिले म्युजिक भिडियामा अभिनय गर्न थालेकी छिन् । उनलाई देखेपछि कतिपयले हिरोइन बन्नुपर्छ भन्छन् । तर, शोभालाई भने हिरोइन बन्न सजिलो होला भन्ने लागेको छैन । ‘रूप र हाइट हुँदैमा जो कोही हिरोइन बन्दैन,’ उनी भन्छिन्, ‘पहिला एक्टिङ क्लास लिन्छु र फिल्ममा अभिनय गर्न सक्छु भन्ने आत्मविश्वास भएपछि मात्र ट्राई गर्छु ।’