श्रेया दुलाल

काठमाडौँ, कलंकीकी श्रेया दुलाल चार वर्षअघि नै मोडलिङमा लागेकी हुन् । तर, उनले मोडलिङलाई निरन्तरता दिइनन् । केही म्युजिक भिडियो, एउटा फिल्म र केही विज्ञापनमा काम गरेपछि उनी आफ्नो बिजनेसतिर लागिन् । उनको रुचिको क्षेत्र मोडलिङ भएकाले उनी फेरि एक पटक यो क्षेत्रमा लाग्ने सोचमा छिन् । ‘चार वर्षअघि मोडलिङ सुरु गर्दा मसँग केही योजना थिएन,’ उनले भनिन्, ‘रहरैरहरमा मोडलिङमा होमिएकी थिएँ । अब भने मोडलिङ र फिल्ममा केही काम गर्ने योजना बनाएर लागिपरेकी छु ।’ आयआर्जनका लागि व्यवसाय गर्ने र मोडलिङलाई पनि समय दिने उनी बताउँछिन् । मोडलिङ रहर र लहडमा गर्नुभन्दा आफूलाई सक्षम बनाएर गर्नुपर्ने उनको मान्यता छ ।