रेवती क्षत्री

सुविन भट्टराईको चर्चित उपन्यास ‘समर लभ’की चरित्र साया बनेकी थिइन्, रेवती क्षत्री। सोही नामको फिल्ममा शीर्ष भूमिका निर्वाह गरेकी उनी भारतको मुम्बईमा बसेर मोडलिङ गर्छिन्। ‘मिस इन्टरनेसनल इन्डिया’ विजेता रेवतीको मूल थलो भने असम, गुवाहिटी हो। यसअघि उनले ‘मिस इन्डिया’मा भाग लिँदा ‘मिस मल्टिमिडिया’को टाइटल जितेकी थिइन्। ‘समर लभ’ गर्नुअघि भने उनले नेपालमा केही विज्ञापनमा काम गरेकी थिइन्। उनले भारतमा ‘ग्याङ्स अफ नर्थवेस्ट’ नामको एउटा फिल्ममा काम गरेकी थिइन्। कानुनमा स्नातक गरिरहेकी रेवती भन्छिन्, ‘राम्रो भूमिका पाए फेरि नेपाली फिल्ममा काम गर्न मन छ।’