तृप्ति श्रेष्ठ

चितवन, नारायणगढकी तृप्ति श्रेष्ठ ललितकला क्याम्पसबाट संगीतमा स्नातक गर्दै छिन्। उनका बुबा र दिदी पनि कलाकार हुन्। ‘बुबा र दिदी नृत्य गर्नुहुन्छ,’ उनी भन्छिन्, ‘मलाई पनि सानैदेखि कलाकार बन्ने रहर थियो। त्यही रहर पूरा गर्न मोडलिङमा लागेको हुँ।’ केही म्युजिक भिडियो र र्‍याम्प सोमा काम गरेकी उनी गायन र मोडलिङलाई सँगै अघि बढाउने योजनामा छिन्। ‘आफूले गाएको गीतमा आफैँ मोडलिङ गर्ने सोचमा छु,’ उनी भन्छिन्, ‘कलाकार बन्ने लक्ष्यका साथ लागेकाले मलाई कुनै हतार छैन। आफूमा भएको प्रतिभा निखार्दै अघि बढ्नेछु।’