सारा कपाली

काठमाडौँ, असनकी सारा कपाली गोल्डेन गेट कलेजमा पढ्छिन्। व्यवस्थापन विषयमा स्नातक अध्ययन गर्दै गरेकी उनले एसएलसी दिएपछि विभिन्न सुन्दरी प्रतियोगितामा भाग लिन सुरु गरेकी थिइन्। ‘नेपाल्स मिस एसएलसी २०१५’, ‘फेस अफ दी इयर २०१७’, ‘मिस फ्रेसर गोल्डेन गेट २०१८’, ‘मिस ग्रान्ड इन्टरनेसनल नेपाल २०१८’ जस्ता सौन्दर्य प्रतियोगितामा भाग लिएकी उनको लक्ष्य प्रोफेसनल मोडल बन्ने छ। विभिन्न सुन्दरी प्रतियोगितामा भाग लिँदा मोडलिङसम्बन्धी आधारभूत जानकारी लिने अवसर मिलेको उनी बताउँछिन्। साराले पढाइ र मोडलिङलाई सँगसँगै अघि बढाइरहेकी छिन्। पढाइ सकेपछि आफ्नै केही व्यवसाय गर्ने सोचमा उनी छिन्। ‘मोडलिङ मेरो रुचिको क्षेत्र भएकाले यसलाई निरन्तरता दिनेछु,’ उनी भन्छिन्।