सुजना श्रेष्ठ

काभ्रे, पाँचखालकी सुजना श्रेष्ठ किस्ट कलेजमा बीबीएस दोस्रो वर्षमा अध्ययनरत छिन् । एक निजी कम्पनीमा कार्यरत उनलाई मोडलिङमा रुचि छ । पढाइ र जागिर सँगसँगै गरिरहेकी उनी अब समय मिलाएर मोडलिङ पनि गर्ने बताउँछिन् । ‘मोडलिङका लागि र्या‍म्प वाक, डान्स र ग्रुमिङ क्लास लिइरहेकी छु,’ उनी भन्छिन्, ‘पढाइ सकेपछि पूर्ण रूपमा मोडलिङमा लाग्नेछु ।’ घरपरिबारबाट पढाइ नबिग्रिने गरी मोडलिङमा लाग्न अनुमति मिलेकाले फुर्सदको समय मोडलिङमा लगाउने उनको सोच छ ।